काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाको सरकार बनेपछि जनतामा विश्वास घट्दै गइरहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्र्द उनले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका हुन् । उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । दिनका दिन भइरहेको यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’ The post हाम्रो सरकार बनेदेखि जनतामा विश्वास घट्दै गइरहेको छ : अमरेशकुमार सिंह appeared first on Kalika Khabar.