काठमाडौँ : सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै समाजमा अराजकता बढेको बताए । उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । दिनका दिन भइरहेको यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’ अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले नेपाली जनतालाई दुःख दिइरहेको उनले बताए । ... The post रास्वपाको सरकार बनेदेखि समाजमा अराजकता बढ्यो : अमरेश सिंह appeared first on Kalika Khabar.