एजेन्सी । युइएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी निर्वाचनअघि पद छाड्नुपर्ने वा नेतृत्वका लागि चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । तर उनले आफू इन्फान्टिनोको स्थान लिन इच्छुक नरहेको स्पष्ट पारेका छन् । विश्वकपसहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने इन्फान्टिनोको विवादास्पद योजना त्यागिए पनि त्यसलाई लिएर उनीमाथि राजीनामाको दबाब बढेको