काठमाडौं । पर्वतारोहण क्षेत्रका सरोकारवालाहरूले प्रस्तावित पर्यटन ऐन, आरोहीहरूको वृत्ति विकास र पर्वतारोहण क्षेत्रमा देखिएका प्रशासनिक जटिलताबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमवार बसेको बैठकमा नेपाल पर्वतारोहण संघ, आरोही संघ र पर्वतारोहण सञ्चालक संघका प्रतिनिधिहरूले हिमाल आरोहण र यससँग जोडिएका श्रमिकहरूको समस्या सम्बोधन गर्न माग गरेका हुन्