काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी)मा देखिएका समस्या समाधान गर्नको लागी सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरेको छ । सोमवार बसेको बैठकले १५ दिनभित्र समितिमा सुझाव दिन आग्रह गरेको हो । सोमवार बसेको बैठकमा नेपालको पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) को वर्तमान अवस्था, लगानी प्रवर्द्धन तथा आयोजना कार्यान्वयनमा देखिएका