काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सुरक्षा ‘प्रोटोकल’ बेवास्ता गरेर हिंड्ने गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हालै मुस्ताङ भ्रमणमा जाँदा प्रधानमन्त्रीबाट विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी प्रोटोकल उल्लंघन भएको बताए । प्रधामनन्त्रीको निजी जीवन हुने भए पनि सार्वजनिक जीवनबाट कहिल्यै अलग हुन