काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले असल नियतले काम गरे संगठन सधैँ सशस्त्र प्रहरी कर्मचारीको साथमा हुने तर कुनै पनि एक व्यक्तिले खराब नियतमा गरेको गल्तीको जिम्मेवारी संगठनले नलिने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको ९औँ वार्षिकोत्सव तथा बाहिनी मातहत कार्यालयहरूको