निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्न चेम्बर अध्यक्ष अग्रवालको सुझाव

  • सोमबार ८ भौ २०८३ ०९:२४ AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको पूर्वाधार विकास र आर्थिक वृद्धि सम्भव हुने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी छलफलमा बोल्दै अग्रवालले पूर्वाधार विकासमा निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर सरकार अघि बढ्नुपर्ने बताएका हुन् ।