काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले यस वर्षको वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले भारी वर्षाका कारण झन्डै ८० जनाको मृत्यु, २०० जना घाइते, दर्जनौँ बेपत्ता हुनुका साथै करिब १ हजार ६ सय परिवार