गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सांसदहरूको माग

  • सोमबार ८ भौ २०८३ ०९:१६ AM
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरूले बालिकाको परिवारसँग सरकारले गरेको सहमतिप्रति प्रश्न उठाउँदै राहत र सहमतिभन्दा कानूनको प्रभावकारी कार्यान्वयनमार्फत पीडितलाई न्याय दिनुपर्ने बताएका हुन् । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बालिकाको परिवारसँग सरकारले गरेको सहमतिप्रति आपत्ति