सरकारलाई सांसद मनिष झाको खबरदारी- डोजर प्रहार गरिबमाथि मात्रै नहोस्, सबैमाथि समान व्यवहार होस्

  • सोमबार ८ भौ २०८३ ०९:२४ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद झाले अतिक्रमण हटाउने नाममा गरिब तथा निमुखाको आवासमा मात्रै डोजर चलाउन नहुने बताएका हुन् । उनले अतिक्रमित गुठी जग्गा पहिचान गर्न २०६२ सालमा भोजराज घिमिरे नेतृत्वमा