काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणि गेलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणको प्रशंसा गर्दै भ्रमणले मुस्ताङलाई विश्वभर चिनाउन योगदान पुगेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको चाहनाअनुसार प्रधानमन्त्रीले ४÷५ वटा सवारीसाधनसहित साधारण रुपमा मुस्ताङ पुगेको बताए । गेलालले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे