पछिल्ला घटनाले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको छ : अमरेशकुमार सिंह

  • सोमबार ८ भौ २०८३ ०९:१४ AM
काठमाण्डु– रास्वपा सांसद् अमरेशकुमार सिंहले जनतामा सरकारको विश्वास घट्दै गइरहेको बताएका छन् ।आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बारा, सप्तरीका बालिका हत्या देखि कप्तानगन्जको घटनासम्मलाई लिएर सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताए । ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन ।