कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्चमा देउवा–खड्काको छुट्टाछुट्टै रिट

  • सोमबार ८ भौ २०८३ ०८:४३ AM
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट निवेदन सोमबार सर्वोच्च अदालतमा पेश गरेका छन्। गत शुक्रबार देउवा र खड्काका तर्फबाट सर्वोच्चमा पेश भएका दुई छुट्टाछुट्टै रिट थप अध्ययनका लागि भन्दै त्यही दिन प्रशासनले फिर्ता