काठमाण्डु – बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने वा नदिने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चर्केको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा राप्रपाका सांसदलाई पार्टीभित्रैबाट दुई वटा फरक ह्विप जारी भएको छ । मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदै छन् । सरकारको पक्षमा बहुमत