शौर्य सिमेन्ट, हेल्भेटास र सीटीईभीटीबीच औद्योगिक अप्रेन्टिसशिपमा सहकार्य

  • सोमबार ८ भौ २०८३ ०७:१२ AM
शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले इन्स्योर परियोजनाअन्तर्गत हेल्भेटास नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँगको सहकार्यमा युवालाई उद्योगमा आधारित व्यावहारिक सीप तथा कार्यअनुभव प्रदान गर्ने उद्देश्यले औद्योगिक अप्रेन्टिसशिप कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत लहान टेक्निकल स्कुलका मेकानिकलतर्फका २०८२–२०८४ ब्याचका विद्यार्थीले ६ महिने सैद्धान्तिक अध्ययन पूरा गरेपछि शौर्य सिमेन्टमा १८ महिने औद्योगिक व्यावहारिक प्रशिक्षण लिइरहेका