हलिउडको सपना देखेर सुरु भएको फिल्म सिटी १५ वर्षदेखि अलपत्र

  • सोमबार ८ भौ २०८३ ०७:५९ AM
नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने, स्वदेशमै अत्याधुनिक छायांकन पूर्वाधार निर्माण गर्ने र पर्यटनसँग चलचित्र क्षेत्रलाई जोड्ने महत्वाकांक्षी योजनाका रूपमा दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको अवधारणा अघि सारिएको थियो। हलिउडको फिल्म उद्योग र विशाल स्टुडियोबाट प्रेरित भएर वि.सं. २०६८/२०६९ देखि सुरु भएको यो योजना वर्षौँदेखि सुस्त गतिमा छ । करोडौँ रुपैयाँ लगानी, हजारौँ रोपनी जग्गाको