काठमाण्डु– चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने एक युवक पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–७ घर भइ काठमाण्डु नयाँ बसपार्क बस्ने ३९ वर्षीय सरोज खनाललाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । काठमाण्डुको नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा यात्रुले स्कुटरमै ल्यापटपको झोला बिर्सिएपछि खनाल सम्पर्कविहीन भएका थिए। त्यसपछि पीडितको आग्रहमा ट्राफिक प्रहरीले खोजी थालेको थियो।