लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

  • सोमबार ८ भौ २०८३ ०६:२२ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत थापाले आयोग गठन भएको एक दशक पुग्न लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुनु दुःखद भएको बताएका छन् । प्रतिवेदन सार्वजनिक नहुँदा टीकापुर घटनाको सत्यतथ्य बाहिर आउन नसकेको