बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ लागेको हो । सुरक्षाकर्मीको सलामी, बाजागाजासहित, फूलमालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन् । बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख