काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । आइतबार बेलुका करिब ७ः४५ बजे पहिरो खसेपछि राजमार्गको एक लेन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । सडकमा खसेको पहिरो पन्छाएर यातायात सहज बनाउने प्रयास भइरहेको