काठमाडौं । गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा छ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा आसपासका झुपडी तथा घरहरू पुरिएका थिए । बिहान करिब २ बजे सुरु भएको भारी वर्षाका कारण फोहोर