सरकारले नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी तथा चार जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक मुख्यालयको सिफारिसमा सहायक रथी द्रव्यराम भण्डारी र रञ्जित थापालाई उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको हो। भण्डारी हाल नेपाली सेना भ्याली डिभिजनको