पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएपछि गरियो क्षमापूजा

  • सोमबार ८ भौ २०८३ ०५:४६ AM
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको भन्दै क्षमापूजा गरिएको छ । शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको स्थानीयले बताएका छन् । देशमा कुनै दैवी विपत्ति तथा राजनीतिक संकट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न संकेत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिर व्यवस्थापन उपसमितिको पूर्व संयोजक किरण श्रेष्ठले दाबी