गरिमा चौधरी हत्या प्रकरण : आरोपित बालकको बयानको भिडियो भाइरल, गोपनीयतामाथि उठ्यो प्रश्न

  • सोमबार ८ भौ २०८३ ०६:०३ AM
गरिमा चौधरी हत्या प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका १६ वर्षीय बालकसँग चिकित्सकले परामर्श गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । शव भेटिएकै दिन पक्राउ परेका बालकको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा देखिन थालेको हो । कलैया अस्पतालमा खिचिएको उक्त भिडियो कसले सार्वजनिक गर्यो भन्ने खुलेको छैन । उक्त भिडियो कलैया अस्पतालको लैंगिक हिंसासम्बन्धी