काठमाण्डु– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दु विरोधीको रुपमा चित्रण गरिएको भन्दै उनको सचिवालयले घोर भर्त्सना गरेको छ । सोमबार ध्यानआकर्षण पत्र जारी गर्दै सचिवालयले केहि व्यक्तीहरु भट्टराईकाविरुद्ध योजनाबद्ध रूपमा कन्टेक्स्ट सेटिङ तथा भ्रामक भाष्य निर्माणमा सक्रिय भइरहेकोप्रति आपत्ति भएको जनाएको हो । ‘पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले