दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

  • सोमबार ८ भौ २०८३ ०४:१९ AM
भद्रपुर । गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे । गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन दशकअघि रु १० बाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको