अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

  • सोमबार ८ भौ २०८३ ०४:४० AM
बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरु हुनसकेको छैन । पुल निर्माणका लागि २०७९ वैशाखमा सम्झौता भए पनि अहिलेसम्म आयोजनास्थलमा कुनै काम सुरु नभएको स्थानीयवासीको गुनासो छ । बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको सीमामा पर्ने घटमुनामा पुल निर्माणका लागि स्थानीय