एजेन्सी । थाइल्याण्डको दक्षिणी सीमावर्ती प्रान्तहरूमा श्रृंखलावद्ध हिंसात्मक आक्रमणका घटनाहरू भएपछि थाइल्याण्डको ‘फोर्थ आर्मी रिजन’ले सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार शनिवार राति ८ बजेदेखि नाराथिवाट, याला र पट्टानी प्रान्तका विभिन्न स्थानमा आगजनी र विस्फोटका घटनाहरू भएका हुन् । अज्ञात समूहद्वारा गरिएका यी आक्रमणहरूमा प्रशासनिक कार्यालयहरूमा आगजनी गर्ने, सवारी साधनका टायर