लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ

  • सोमबार ८ भौ २०८३ ०४:०४ AM
काठमाडौं । लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-५ बाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धीरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ... The post लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ appeared first on Kalika Khabar.