चितवन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ । बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ । बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको