काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । प्रदेश सरकारबाट नेपाली कांग्रेसको बहिर्गमन र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रवेशसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले