काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। पार्टीको निर्देशन अटेर गर्दै सरकारमा सहभागी भएको भन्दै राप्रपाले प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि कारबाही प्रक्रिया अघि बढाएको हो। राप्रपाको केन्द्रीय अनुशासन समितिले यसअघि तीनै जनासँग १२ घण्टे स्पष्टीकरण मागेको थियो। तर तोकिएको समयभित्र उनीहरूले कुनै जवाफ नदिएपछि पार्टीले पुनः १२ घण्टाको समय दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार तीनै जनालाई टेलिफोन, एसएमएस, म्यासेन्जर, भाइबर र ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट स्पष्टीकरणको सूचना पठाइएको छ। यसअघि ... The post बागमतीका तीन सांसदलाई हटाउने राप्रपाको तयारी appeared first on Kalika Khabar.