काठमाडौँ : नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्। लमजुङको बेंसीशहर नगरपालिक-८ स्थित मदन-आश्रित स्मृति भवनमा आयोजित एमाले जिल्ला कमिटीको १३औँ बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन्। पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन विचार र संगठनमा आवश्यक पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ। जनताको बदलिँदो अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने गुरुङले बताए। उनले पार्टीका गतिविधिलाई जनताका समस्यासँग जोड्न र कार्यकर्तालाई सक्रिय तथा जिम्मेवार ढङ्गले परिचालन गर्न निर्देशन दिए। कार्यक्रममा एमाले केन्द्रीय ... The post जनअपेक्षा बुझ्न एमालेले कार्यशैली बदल्नैपर्छ : गुरुङ appeared first on Kalika Khabar.