बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, राप्रपाभित्रको द्वन्द्वले पाउने सम्भावना न्यून

  • सोमबार ८ भौ २०८३ ०३:१४ AM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने भएका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको