विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

  • सोमबार ८ भौ २०८३ ०१:५२ AM
राँझा । बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ । वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए