बाढी र पहिरोले आजपनि विभिन्न राजमार्ग प्रभावित (सूचीसहित)

  • सोमबार ८ भौ २०८३ ०१:३३ AM
काठमाण्डु – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू सोमबार पनि प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सुचारु रहेको छ। इलामको राजदुवाली क्षेत्रमा झापा–ताप्लेजुङ सडकखण्ड मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा