काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार बर्दिबासस्थित बर्दिबास रिसोर्टमा आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एजेन्सी डेभलपमेन्ट म्यानेजर, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो। कार्यक्रममा मधेश प्रदेश ... The post सन नेपाल लाइफको मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित appeared first on Kalika Khabar.