काठमाण्डु– तनहुँको व्यास नगरपालिका–१२ छिरकनेस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा एकतर्फी सडक अवरुद्ध भएको छ। शनिबार बेलुका करिब ७:४५ बजे माथिबाट पहिरो खस्दा राजमार्गको एकतर्फी सडक अवरुद्ध भएको हो। पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावतमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको