काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिका कारण मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्नेतर्फ आफूहरू सचेत हुनुपर्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले आफ्ना क्रियाकलापका कारण लोकतन्त्र कमजोर नहोस् भन्नेतर्फ अत्यन्त जिम्मेवार भएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह