काठमाडौं। दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्नो मूल सन्दर्भ गुमाउँदा के हरायो र विस्थापित सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने प्रश्नमाथि केन्द्रित अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा गरियो । तारागाउँ नेक्स्टको आयोजनामा तथा सराफ फाउन्डेसनको सहयोगमा भएको प्रदर्शनीको क्युरेसन डा