सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी

  • आइबार​ ७ भौ २०८३ १२:०५ PM
काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सरकार संसद र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् । जनकपुरधाममा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधीले सरकारले संसदीय गरिमा र जवाफदेहितालाई उपेक्षा गरेको बताएका हुन् । नेता निधीले लोकतन्त्रमा सरकारको वैधता र प्रभावकारिता संसदप्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गरे