नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको विद्यमान समस्या समाधानका लागि सदनसँगै सडकबाट समेत जनदबाब सिर्जना गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले वर्तमान चुनौतीको सामना गर्न साझा मुद्दामा सहकार्य गर्न राजनीतिक दलहरूलाई आह्वान गरे । सदनमा रहेका दलहरूले संसदीय प्रक्रियामार्फत आवाज उठाउनु सकारात्मक