बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

  • आइबार​ ७ भौ २०८३ १०:४८ AM
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र नेपाली जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेश प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको देखाएको बताएका हुन् । ज्ञवालीले भने, ‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै लामो संघर्षपश्चात प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरु, नेपालको संविधान ... The post बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली appeared first on Kalika Khabar.