सुगौली सन्धिपछि यस्तो संकट कहिल्यै देखिएको थिएन : प्रचण्ड

  • आइबार​ ७ भौ २०८३ १०:४३ AM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछिको सबैभन्दा संकटपूर्ण अवस्थाको सामना गरिरहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा प्रचण्डले देशको वर्तमान अवस्थालाई सामान्य राजनीतिक संकटका रूपमा मात्र हेर्न नहुने बताए । राष्ट्रिय स्वाधीनतामाथिको चुनौती, वैदेशिक हस्तक्षेप तथा उत्पीडित वर्गका मुद्दालाई