काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले आगामी कार्यकालमा संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।