सरकारमा सहभागी हुने विषयले लुम्बिनीमा नेकपाभित्र चुलियो असन्तुष्टि

  • आइबार​ ७ भौ २०८३ ०९:४० AM
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीको नामले सत्तारूढ नेकपाभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ । केन्द्रमा भएको सहमतिअनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिएपछि नेकपाले प्रदेश सरकारमा आफ्ना मन्त्री पठाउने तयारी गरेको छ । नेकपाबाट तीन जना मन्त्रीको नाम सिफारिस भएपछि तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेकपा (एकीकृत समाजवादी)बाट नेकपामा समाहित भएका प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेका छन् । सरकार विस्तारमा प्रदेश नेतृत्वले एकलौटी निर्णय गरेको उनीहरूको आरोप छ । साविक नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफूहरूलाई प्रतिपक्षको कुर्सीमा बस्ने व्यवस्था मिलाइदिन माग ... The post सरकारमा सहभागी हुने विषयले लुम्बिनीमा नेकपाभित्र चुलियो असन्तुष्टि appeared first on Kalika Khabar.