दक्ष पर्वतारोही र माउन्टेन गाइड पलायन रोक्न सबै एकजुट हुनुपर्छ: सांसद शेर्पा

  • आइबार​ ७ भौ २०८३ १०:१२ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले हिमाली पथप्रदर्शकलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके