वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन महसुल घटाउने तयारी

  • आइबार​ ७ भौ २०८३ ०९:२८ AM
काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन मौसमी विद्युत् महसुल र धेरै विद्युत् खपत गर्ने उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्। विराटनगरमा मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका प्रतिनिधिसँगको छलफलमा उनले उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र अतिरिक्त विद्युत्