काठमाण्डु– सरकारले लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण तथा मृत्युको संख्या बढिरहेको भन्दै सजग रहन आग्रह गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जेईको संक्रमण तथा मृत्युको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क रही सुरक्षित रहन आग्रह गरेको हो। यो वर्ष जेईबाट देशभर २१ जनाको मृत्यु भइसकेको जनाएको